अमेरिकाले काेइला बाेकेकाे उत्तर कोरियाली पानीजहाज जफत गर्यो

एजेन्सी– अमेरिकाले उत्तर कोरियाको एक मालवाहक समुद्री जहाजलाई जफत गरेको छ । अमेरिकाले यो जहाजले अन्तर्राष्ट्रिय प्रतिबनधको उल्लंघन गरेको आरोप लगाउँदै आफूले जफत गरेको बताएको छ । 

अमेरिकाको न्यायिक विभागका अनुसार यो जहाजमा कोइला लिएर जाँदै गरिएको थियो । उत्तर कोरिया कोइलाको ठूलो निर्यातकर्ता हो तर संयुक्त राष्ट्रसंघले कोइला निर्यातमाथि प्रतिबन्ध लगाएको छ । 

यो जहाज सुरुमा अप्रिल २०१८ मा इन्डोनेसियामा पनि जफत गरिएको थियो ।

त्यसो त अमेरिकाले प्रतिबन्ध उल्लघंन गरेको आरोपमा उत्तर कोरियाली जहाजलाई जफत गरेको यो पहिलो पटक हो । तर, यही कारणले यी दुई देशबीचको सम्बन्धमा थप समस्या आउने अनुमान गरिएको छ ।

यही वर्ष फ्रेबुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ उनबीच भियतनामको हनोइमा भएको वार्ता पनि असफल भएको थियो । अमेरिकाले उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द नगरेको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाले चाहिँ आफूमाथिका प्रतिबन्ध हट्नु पर्ने माग राख्दै आएको छ ।

यसबीच यो सातामात्रै उत्तर कोरियाले दुई पटक मिसाइल परीक्षण गरेको मानिएको छ । यसबारे ट्रम्पले दुई देशको सम्बन्ध बिगार्न उत्तर कोरिया उद्दत नहुनु पर्ने बताएका थिए ।



यसपटक अमेरिकाले जफत गरेको उत्तर कोरियाली जहाज द वाइज अनेस्ट हो । 



  • प्रकाशित मिति : वैशाख २७, २०७६ शुक्रबार २:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया