सत्यमोहन जोशीलाई राष्ट्रपतिले दिइन् जन्मदिनको शुभकामना

काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रपतिले दिइन् जन्मदिनको शुभकामना दिएकी छिन् । शुभकामना दिँदै राष्ट्रपति भण्डारीले जोशीको दीर्घायु र सुश्वास्थ्यको कामना गरेकी छिन् । 

संस्कृतिविद् जोशी सय वर्ष प्रवेशको उपलक्ष्यमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याएको योगदानको उच्च प्रशंसा गरेकी छिन् । 

संस्कृतिविद् जोशीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि घरमै पुगेर शुभ कामना दिएका थिए । ललितपुर महानगरपालिकाले उनको सम्मानमा सोमबार सार्वजनिक बिदा दिएको छ । 





  • प्रकाशित मिति : वैशाख ३०, २०७६ साेमबार १५:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया