समर्थकको र्याली निकालेर जेल गए नवाज शरिफ

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ अहिले भ्रष्टाचारको मुद्दामा जेल सजाय कटाइरहेका छन् । केहीअघि उनको स्वास्थ्य खराब भएको भन्दै केही समयका लागि जेलले उनलाई छुट्टी दिएको थियो । ६ साता लामो छुट्टि मनाएपछि शरिफ फेरि जेल फर्किएका छन् । 

तर, यसपटक घरबाट जेलसम्म पुग्न शरिफले नयाँ तरिका अपनाएका छन् । उनले यसका लागि एउटा र्याली आयोजना गरेको पाकिस्तानी सन्चारमाध्यमले लेखेका छन् । 

उनको पार्टी मुस्लिम लिग (नवाज गुट)का हजारौँ समर्थक त्यो जुलुसमा सहभागि भएका थिए । यो जुलुसमा शरिफले भाषण पनि गरे । उनले भनेका थिए, ‘यो अँध्यारो रात अब छिट्टै सकिनेछ र मैले मुक्ति पाउनेमा ढुक्क छु, मेरा कार्यकर्तालाई पक्कै थाहा छ, मैले कुनै गल्ती नगरी सजाय भोगिरहेको छु ।’





  • प्रकाशित मिति : वैशाख ३०, २०७६ साेमबार १९:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया