जेठ तेस्राे हप्ता अन्नपूर्ण म्याराथन हुने

पाेखरा– अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय क्षेत्र अन्नपूर्णमा दोस्रो संस्करणको म्याराथन प्रतियोगिता आयाेजना गरिएकाे छ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा अन्नपूर्ण म्याराथन जेठ तेस्रो हप्ता हुने भएकाे हाे । जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा हुने पर्यटन मेलाको अवसर पारेर म्याराथन प्रतियोगिता सञ्चालन गरिनेछ । 

म्याराथन अन्नपूर्ण आधार शिविर (४१३० मिटर) बाट सुरु भएर माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुक पुगेर समापन हुने गरी म्याराथन रुट कायम गरिएको हुने महाेत्सवका संयाेजक ललित गुरुङले जानकारी दिए । 

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिन्छ।

त्यही दिनको सम्झना गर्दै जुन ३ मा म्याराथन आयाेजना गर्न लागिएकाे बताइएकाे छ । 





  • प्रकाशित मिति : वैशाख ३१, २०७६ मंगलबार १०:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया