मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन पहल गर्ने राष्ट्रिय सभाका अध्यक्षको प्रतिबद्धता

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे ।  

मंगलबार नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटमा उनले सो विधेयकमा देखिएका कमीकमजोरी हटाउन पर्याप्त छलफल गर्ने अवसर भएको बताए । विधेयक संशोधनको सरोकारवाला निकायसँग छलफल गर्ने प्रक्रिया भएकाले सो विधेयक सच्याएर अघि बढाउन पर्याप्त अवसर रहेको अध्यक्ष तिमिल्सिनाले बताए । 

युनियनले सो विधेयक मिडियामाथि ‘कु’ गर्ने नियतका साथ ल्याइएको भन्दै त्यसलाई सच्याउन पहल गरिदिन आग्रह गरेका थिए । ज्ञापनपत्र बुभ्m्दै अध्यक्ष तिमिल्सिनाले आफूले सच्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

पत्रकारलाई कडा दण्ड÷जरिवानाको व्यवस्थासहित राष्ट्रिय सभामा दर्ता गरिएको सो विधेयकको सर्वत्र आलोचना भइरहँदा सोमबार नेपाल पत्रकार महासंघले सोमबार अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएको थियो । 





  • प्रकाशित मिति : वैशाख ३१, २०७६ मंगलबार १५:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया