जाजरकाेटबाट विप्लव नेतृत्व नेकपाका कार्यकर्ता पक्राउ

जाजरकाेट– प्रहरीले जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेमा छेडागाडका इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले मंगलबार राति पक्राउ गरेकाे हाे । पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालयमा राखेकाे विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए।

पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पुर्‍याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार ९:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया