अमेरिकाकाे अलबामा राज्यमा गर्भपतन पूर्ण प्रतिबन्धित

मियामी– अमेरिकाकाे दक्षिणी राज्य अलबामाकाे संसदले गर्भपतनलाई पूर्णरुपमा प्रतिबन्ध गरेकाे छ । जबरजस्ती राखिएकाे याैनसम्बन्धबाट रहन गएकाे गर्भसमेत फाल्न नमिल्ने भएकाे छ । 

यदि कुनै चिकित्सक गर्भपतनमा संलग्न रहेकाे पाए जन्मकैदकाे सजाय हुनेछ । गर्भपतनलाई प्रतिबन्ध लगाउने गरी निर्माण गरिएकाे कानुनकाे मस्याैदा स्वीकृतकाे लागि राज्यपालसमक्ष पेश गरिएकाे छ । 

तर मस्याैदामा उल्लेख गरिएकाे प्रावधानकाे विराेध सुरु भएकाे छ ।  डेमोक्रेट नेता बबी सिंगलेटोनले उक्त मस्याैदा पूर्ण रुपमा अमानवीय रहेकाे बताएका छन् । रिपब्लिकन सा‌ंसदले पुरै राज्यसँग दुष्कर्म गरेकाे उनकाे भनाइ छ । 

बबीले भावुक हुँदै भनेका छन् ‘अब म मेरी छाेरीलाई अलबामामा तिम्राे लागि कुनै ठाउँ छैन भन्न चाहन्छु ।’

अलबामाकाे संसदमा रिपब्लिकनकाे बहुमत छ । 

अमेरिकाकाे मानवअधिकारवादी संस्था एसिएलयुले मस्याैदाविरुद्ध अदालत जाने घाेषणा गरेकाे छ । संस्थाका अनुसार कुनै पनि हालतमा याे कानुन कार्यान्वयनमा राेक लगाउनुपर्छ । 





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार ११:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया