प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं

काठमाडाैं–  भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदैछन्। गत वैशाख २६ गते भ्रमणमा निस्केका प्रधानमन्त्री ओली आज साँझ स्वदेश आइपुग्नेछन् । 

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेन पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका थिए। भियतनामको चार दिनकाे भ्रमणपछि ओली कम्बोडिया गएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले दुई देशका समकक्षीहरुसँग भेटवार्ता गरी द्विपक्षीय हितबारे महत्वपूर्ण छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

प्रधानमन्त्रीकाे भ्रमण टाेलीमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारीलगायत छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १२:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया