आराेहण सुरु भएकाे तीन दिनमै १ सय ५० ले सगरमाथा चढे

काठमाडौं– सगरमाथामा याे सिजनकाे आराेहण खुला भएकाे तेस्रो दिनमै १ सय ५० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्।

बुधबारमात्रै एक सय जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो वर्षकाे वसन्त ऋतुमा हिमाल आरोहण केहीदिन अघि मात्र सुरु भएको हो।

 मंगलबार बिहान डोरी टाङ्दै शिखर चुमेका आठ जना शेर्पा गाइडपछि बुधबार ५० जनाले सगरमाथा आरोहण गरेर फर्किरहेका छन्। 

सगरमाथा आरोहणका लागि यो सिजनमा ४८ देशका ३ सय ७८ आरोही आधार शिविरबाट अगाडि बढेका छन्।

यो वर्ष आफ्नै कीर्तिमान तोड्नै कामीरिता शेर्पाले २३औं पटक सगरमाथा चुचुरोमा पुगेका छन्। उनी शनिबार फेरि सगरमाथाकाे चुचुराेमा पुग्ने तयारीमा छन्।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार ८:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया