सातदोबाटोमा खुल्यो भाटभटेनीको १६औँ शाखा

काठमाडौं– ललितपुरको सातदोबाटोमा भाटभटेनी सुपरमार्केटको नयाँ आउटलेट खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुरले गुरुङले शुक्रबार उक्त आउटलेटको उद्घाटन गरेका छन् । यो भाटभटेनीको १६औँ शाखा हो ।

भाटभटेनी ग्रुपका अनुसार नयाँ आउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ । 

नेपालको सहरी सपिङ कल्चरमा ट्रेन्ड सेटर मानिने भाटभटेनी लोकप्रिय बनिसकेको छ । दैनिक उपभोग्य वस्तु, गार्मेन्टलगायत घरायसी आवश्यकताका सबै सामान एकै ठाउँमा पाइने हुँदा भाटभटेनीको लोकप्रियता दिनदिनै बढ्दै गएको हो ।

काठमाडौंको टंगालबाट सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक र बालाजुमा यसअघि नै सञ्चालनमा आइसकेका छन् । 

धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरलगायत उपत्यकाबाहिरका ठूला सहरमा भाटभटेनीका आउटलेट छन् । भाटभटेनी ग्रुपले इटहरी, नेपालगन्ज र भैहरवामा पनि निकट भविष्यमै आउटलेट खोल्ने योजना रहेको जानकारी दिएको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १५:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया