कान्स फेस्टिभलमा सहभागी हुन प्रियंका पेरिस जाँदै

काठमाडौं– अभिनेत्री प्रियंका कार्की ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा सहभागी हुने भएकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै कान्स फेस्टिभलमा सहभागी हुने उनी पहिलो कलाकार हुन् । 

कान्स फेस्टिभल फ्रान्सको पेरिसमा हुन लागेको हो ।  प्रियंकाले आफ्नो फेसबुकमार्फत आफू कान्स फेस्टिभलमा सहभागी हुन लागेको जानकारी गराएकी छिन् ।

सो फेस्टिभलमा सहभागी हुन पाउँदा आफू निकै उत्साहित भएको उल्लेख गरेकी छिन् । नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा भएको उनले बताएकी छिन् ।  

‘मैले धेरै पहिलेदेखि यो सपना देख्दै आएकी थिएँ,’ उनले स्टाटसमा लेखेकी छन्, ‘कान्समा हिँडेका सेलेब्रेटीहरू देख्दा मलाई सधैँ म पनि एक दिन यहाँसम्म पुग्नेछुु भन्ने लाग्थ्यो । यो दिन आइपुग्यो।’

प्रियंका सोमबारदेखि फेस्टिभलमा सहभागी हुनेछिन् । मे २० देखि २४ सम्ममा उनी चारवटा कार्यक्रममा सहभागी हुनेछिन् ।

 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १५:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया