प्रहरीलाई घुस दिन खोज्ने दुई पक्राउ

काठमाडौं– मादक पदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा कारबाहीबाट बच्ने उद्देश्यले प्रहरीलाई घुस दिन खोज्ने दुईजना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीलाई पाँच सय घुस दिन खोज्ने बा९५प ४२९ नम्बरको मोटरसाइकल चालक काठमाडौं मनोहरा नगरपालिका ९ का भरत केसी र सोही ठाउँका यमन दाहाललाई प्रहरीले पक्राउ गरेको हो । 

मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई तिनकुने सडक खण्डमा चेकजाँचका क्रममा घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १५:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया