ट्रम्पले दिए इरानको 'औपचारिक अन्त्य' गर्ने धम्की, तनाव उत्कर्षमा

वासिंगटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् । यदि इरानले अमेरिकी हितमाथि हमला गर्छ भने इरानको औपचारिक अन्त्य हुने ट्रम्पको चेतावनी छ ।

अमेरिका र इरानबीच लामो समयदेखिको तनाव अहिले उत्कर्षमा छ । यस्तोमा ट्रम्पको यस्तो धम्कीले स्थितिलाई अझ गम्भीर बनाउन सक्छ ।

‘यदि इरान लड्न चाहन्छ भने यो उसको औपचारिक अन्त्य हुनेछ,’ आजैको एक ट्विटमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘आइन्दा युनाइटेड स्टेट्सलाई कहिल्यै धम्की नदिनू !’

तनाव उत्कर्षमा पुग्दा अमेरिकाले आफ्नो एक क्यारियर ग्रुप र बी–५२ बम्बरलाई खाडीमा तैनाथ गरेको छ । 

शनिबार इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले मध्यपूर्वमा इरानको सामना कसैले गर्न नसक्ने भन्दै कुनै युद्ध नहुने बताएका थिए । राष्ट्रिय न्युज एजेन्सी आइआरएनएमार्फत उनले भनेका थिए, ‘कुनै युद्ध हुनेछैन किनकि न हामी लडाइँ चाहन्छौँ, न त कसैलाई भ्रम छ कि ऊ यस क्षेत्रमा इरानको सामना गर्न सक्छ ।’



दुई देशबीचको पछिल्लो तनावको जड अमेरिकी राष्ट्रपति ट्रम्प हुन् । बाराक ओबामाको पालामा भएको सम्झौताबाट हटेर ट्रम्पले इरानमाथि कडा प्रतिबन्ध लगाइदिएपछि केही वर्षयता थामिएको तनाव उत्कर्षमा पुगेको हो । यसबीचमा दुवै देशले एकअर्काका राष्ट्रिय सेनालाई आतंककारी घोषणा गरिसकेका छन् । 
 



  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १०:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया