कांग्रेसले गठन गर्यो छाया सरकार, अर्थमा मीनेन्द्र गगनलाई शिक्षा

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार संसदीय दलको विधानअनुसार छाया सरकारको रूपमा क्रियाशील रहने र कार्यसम्पादन गर्ने गरी २१ मन्त्रालय तोकेर जिम्मेवारी दिएका हुन् ।

जसअनुसार गृह मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद बडूलाई दिइएको छ । बडू संयोजक रहेको टिममा रमेशजंग रायमाझी र महेन्द्रकुमारी लिम्बू छन् । त्यसैगरी, अर्थमन्त्रालयको जिम्मेवारी डा. मीनेन्द्र रिजालले पाएका छन् । उनको नेतृत्वमा मीना पाण्डे र विनोदकुमार चौधरी रहेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले पाएका छन् । उनको टिममा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी छन् । त्यस्तै, परराष्ट्र मन्त्रालय डा. नारायण खड्काको जिम्मामा परेको छ । खड्का संयोजक रहेको टिममा डा. अमेरशकुमार सिंह र दिव्यमणि राजभण्डारी सदस्य छन् । 

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय हेर्ने जिम्मा पाएका छन् । उनको संयोजकत्वमा सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल तोकिएका छन् । सहरी विकास मन्त्रालयको जिम्मा उमाकान्त चौधरीसहित मीनाक्षी झा र रामबहादुर विष्टलाई दिइएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मीनबहादुर विश्वकर्मालाई प्रमुख जिम्मेवारी र  विन्दादेवी आले राना र कर्मा घले सहायक छन् । युवा तथा खेलकुद मन्त्रालयका लागि किशोरसिंह राठौरको संयोजकत्वमा रंगमती शाही र  दुर्गाप्रसाद उपाध्याय रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि पार्वता डिसी चौधरीको संयोजकत्वमा सीताराम महतो र मोहन आचार्य रहनेछन् भने खानेपानी मन्त्रालयका लागि सुजाता परियारको संयोजकत्मा, मीना सुब्बा र नागेन्द्रकुमार रायको टिमले जिम्मा पाएको छ । 



देवेन्द्रराज कण्डेल संयोजक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रकाश स्नेही रसाइली र प्रमिला राई छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकमा डा. डिला संग्रौला पन्तको संयोजकत्वमा र प्रकाश पन्थ छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा लक्ष्मी परियारको नेतृत्वमा प्रमोदकुमार यादव र स्मृति नारायण चौधरी रहेका छन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बहादुरसिंह लामाको संयोजकत्वमा सूर्यबहादुर केसी र विमला नेपाली छन् । 



कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राधेश्याम अधिकारी संयोजक तोकिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि अतहर कमाल मुसलमान संयोजक,  तेजुलाल चौधरी र धनकुमारी खतिवडा सदस्य छन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उमा रेग्मीको संयोजकत्वमा लालकाजी गुरुङ र हिरा गुरुङको समूह छ । कृषि तथा पशुपक्षी मन्त्रालयमा पद्मनारायण चौधरी संयोजक तोकिएका छन् । उनको समूहमा अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी रहेका छन् । 

पूर्व रक्षामन्त्री भीसेनदास प्रधानले छाया सरकारमा पनि रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनको समूहमा अभिषेक प्रताप शाह छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी राजेन्द्रकुमार केसी र मुक्ताकुमारी यादवले पाएका छन् । 

सञ्जयकुमार गौतमले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकको जिम्मेवारी पाएका छन् । उनको समूहमा जिप छिरिङ लामा र देवप्रसाद तिमिल्सिना रहेका छन् । 

सबैजसाे मन्त्रालयकाे जिम्मेवारी ताेकिए पनि कांग्रेसले छाया प्रधानमन्त्री धने ताेकेकाे छैन । 

  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १७:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया