अवैध नेटवर्किङ धन्दा चलाएको आरोपमा फेरि आठजना भारतीय नागरिक पक्राउ

काठमाडौं– अवैध नेटवर्किङ धन्दा चलाएको आरोपमा प्रहरीले केही दिनअघि याक एन्ड यती हाेटलबाट १२ जना भारतीय नागरिकलाई पक्राउ गरेकाे थियाे । अवैध नेटवर्किङ धन्दा चलाएको आरोपमा प्रहरीले पुनः आठजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोमद सेयाफ, नुरुलएन वारसी, तेजनारायण शुक्ला र राजेश कुमार शुक्ला, महोमद जिया, नितिन श्रीवस्तव, रवि तिवारी र अटल त्रिपाठी  छन् ।

प्रहरीले विशेष सुराकीका आधारमा उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो । उनीहरुको साथबाट ४२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुले साइन ग्रुप रियल स्टेट, ईकमर्स र टुरिजमको नामबाट गैरकानुनी नेटवर्किङ व्यवसाय गरेका थिए ।

प्रहरीले यसअघि २८ वैशाखमा अवैध नेटवर्किङ व्यवसायमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो । सो समूह र अहिले पक्राउ परेका दुवै समूहबीच ‘कनेक्सन’ रहेको प्रहरीको दाबी छ । 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १७:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया