बलात्कारआरोपी किशोर अस्पतालबाट फरार

काठमाडौं– बालिका बलात्कारको आरोपमा पक्राउ परेका एक किशोर अस्पतालबाट फरार भएका छन् । प्रहरीले मेडिकल चेक जाँच गर्न लगेका वेला हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठ फरार भएका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लष्एिको र उनी अस्पतालबाटै फरार भएका हुन् । अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका हुन् । 

उनीसँगै अर्को एकजनालाई पनि प्रहरीले जबर्जस्ती करणीको आरेपमा अनुसन्धान गरिरहेको थियो । श्रेष्ठ बुधबार राति साँढे १० बजे फरार भएको प्रहरीले जनाएको छ ।

फरार श्रेष्ठको प्रहरीले खोजी गरिरहेको छ । 





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १३:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया