एजेन्सी– भारतीय लोकसभा निर्वाचनको मतपरिणाम भइरहँदा पश्चिम बंगालमा पहिलो पटक भारतीय जनता पार्टीले राम्रो प्रदर्शन गरिरहेको छ । पछिल्लो नतिजा अनुसार पश्चिम बंगालमा भाजपा १७ सिटमा अगाडि देखिएको छ । मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमुल कांग्रेस २४ सिटमा अगाडि छ ।
योसँगै त्यहाँका भाजपाका नेता अनिल जैनले नयाँ दिल्लीमा भाजपा अध्यक्ष अमित शाहलाई भेटेका छन् । त्यहाँ उनले मुख्यमन्त्री ममता बनर्जीको विरोध गरेका छन् । ममताले भाजपाले मतदानमा धाँधली गरेको आरोप लगाएकी थिइन् । जैनले भनेका छन्, ‘ममताले हामीलाई हिलो छ्यापिन्, हामी त्यही हिलोमा फुल्दै छौँ । पश्चिम बंगालमा भाजपा हिलोमा फुलेको कमल हो ।’ जैनले अब पश्चिम बंगालमा विपक्षीले यसअघि गरेको जस्तो राजनीति नगर्ने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।