नयाँ दिल्ली– भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको अग्रता हेर्दा सत्तारुढ भाजपाले सन् २०१४ मा जस्तै एक्लै बहुमत ल्याउने संकेत देखिएको छ ।
अहिलेसम्मको अपडेटमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले कुल ५४२ सिटमध्ये ३४१ सिटमा अग्रता लिएको छ । विपक्षी कांग्रेस नेतृत्वको युपिए गठबन्धन ९२ सिटमा अगाडि छ भने अन्य क्षेत्रीय दलहरु १०९ सिटमा अगाडि छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणशीबाट दुई लाखभन्दा बढी मतले अग्रता लिएका छन् । कांग्रेस अध्यक्ष राहुल गान्धी अमेठीमा भाजपा नेतृ स्मृति इरानीभन्दा पछि परेका छन् ।
यसैबीच, श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले भारतीय प्रधानमन्त्री मोदीलाई शानदार विजयका लागि बधाई दिएका छन् । ‘शानदार विजयका लागि नरेन्द्र मोदीलाई बधाई !’ केहीबेरअघि ट्विट गर्दै विक्रमासिंघेले लेखेका छन्, ‘हामी तपाईंसँग निकट रहेर काम गर्न खोजिरहेका छौँ ।’
Congratulations to @narendramodi on a magnificent victory! We look forward to working closely with you.
— Ranil Wickremesinghe (@RW_UNP) May 23, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।