मेरो र बुवाको सम्बन्धमा डर छः रणबीर कपुर

बलिउड अभिनेता सन्जय दत्तको जीवनमा आधारित फिल्म सन्जूमा रणबीर कपुर मुख्य भूमिकामा थिए । यो फिल्ममा काम गरिसकेपछि रणबीरले राज कपुरको जीवनमा आधारित फिल्म बन्नु पर्ने धारणा राखेका छन् । रणबीरले भनेका छन् कि राज कपुरको जीवनको एउटा समयलाई मात्र समेटेर फिल्म बनायो भने त्यसले परिवार खुसी हुँदैन ।

रणबीरले यसरी जीवनीमा आधारित फिल्महरु इमान्दार हुनु पर्ने बताएका छन् ।

‘यस्ता फिल्म प्रपोगान्डाका लागि होइन, प्रचारतन्त्र जसरी बनाइनु हुँदैन,’ उनले भनेका छन् ।

उनले थपेका छन्, ‘यदि तपाईं कोही व्यक्तिको जीवनको कथा भन्दै हुनुहुन्छ भने उसलाई भगवान जसरी प्रस्तुत गर्नु हुँदैन । राजकपुरमाथि पनि बायोपिक बन्न आवश्यक छ तर यसका लागि पहिले परिवारको अनुमति लिनु पर्ने हुन्छ ।’

सन्जू फिल्मको कथा र आफ्नो कथा मिलेको रणबीरले बताएका हुन् ।

सन्जय दत्त र उनका बाबु सुनील दत्तबीच बाबु–छोराको सम्बन्धमा निकै धेरै समस्या भएको र आफ्नो र बाबु ऋषि कपुरबीचको सम्बन्ध पनि यस्तै भएको रणबीरले बिबिसीको हिन्दी संस्करणमा दिएको अन्तर्वार्तामा बताएका छन् ।



रणबीरले भनेका छन्, ‘यो सम्बन्धमा एउटा किसिमकोडर पनि छ, तर यसमा प्रेम र आदर पनि छ ।’ रणबीर अमिताभ बच्चनसँग ‘ब्रह्मास्त्र’ फिल्ममा काम गरेका छन् । उनले अभिताभबारे भनेका छन्, ‘अमिताभ अत्यन्त राम्रा मानिस हुन् ।’



  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार २२:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया