हातहतियार बाेकेर नेपाल आएका भारतीय प्रहरी पक्राउ

मकवानपुर– पशुपति मन्दिर दर्शन गर्ने निहुँमा हातहतियार लिएर पाेशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएकाे छ । हेटौंडा ४ स्थित भुवनेश्वर(पशुपति) मन्दिर दर्शनकाे निहुँमा हेटाै‌ंडा आइपुगेका भारतीय प्रहरीलाई रक्साैल फिर्ता पठाइएकाे हाे ।  

उनीहरुलाई पाेशाकमा हातहतियारसहित देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । 

अनुमति नलिई हेटौंडा आइपुगेका करिब आधा दर्जन भारतीय प्रहरीलाई हामीले नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेर वीरगञ्ज नाकास्थित नेपाल प्रहरीलाई जिम्मा लगाएर भारत फिर्ता पठाएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी यज्ञप्रसाद भटराईले बताए।

स्थानीयबासीले हतियारसहित आएको दाबी गरेपनि प्रहरीले भने हतियारबारे पुष्टि गरेन।





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार ७:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया