संविधानप्रतिकूल विधेयक अघि बढाउन नदिने कांग्रेसको चेतावनी

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधानप्रतिकूल हुने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएको छ । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सो जानकारी गराएका हुन् ।

संसदमा पेस भएको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा संविधानप्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान बाध्य हुने उनले बताए । उनले संविधानको रक्षा गर्न कांग्रेसलाई सडकमा जानुपर्ने बाध्यता प्रधानमन्त्री केपी ओली बनाएको आरोप लगाए । 

प्रधानमन्त्रीले संसद र जनप्रतिनिधिको अवहेलना गरिरहेको आरोप लगाउँदै उनले त्यसविरुद्ध कांग्रेस दृढतापूर्वक खडा हुने बताए । दुईतिहाइ बहुमतप्राप्त प्रधानमन्त्री विनम्र हुनुपर्नेमा संसद र जनप्रतिनिधिप्रति अनुदार भएकाले विरोध गर्नुपरेको खाणले स्पष्ट पारे । 





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार १४:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया