प्रधानमन्त्री ओली बिहीबार भारत जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली भारत जान लागेका हुन् ।  

ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेको जानकारी दिए । 

दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । ओली सपथ समारोहमा सहभागी भएर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार १३:१३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया