प्रहरीमाथि विप्लव समूहको आक्रमण

कालिकोट– नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वकाे समूहले कालिकोटमा प्रहरीमाथि आक्रमणकाे प्रयास गरेका छन्। विप्लव समूहका कार्यकर्ताले कर्णाली राजमार्गको कालेखोलामा मोटरसाइकल जलाएको घटनास्थल पुगेर फर्किएको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले आक्रमण प्रयास गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लले आफूहरुलाई नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेको बताए।

मोटरसाइकल जलाइएको घटनास्थलबाट सदरमुकाम फर्किँदै गर्दा गगने खोलाको पहिरोमा नेकपाका २० देखि २५ जनासम्मका कार्यकर्ताले लगातार ढुंगा खसालेर आक्रमणको प्रयास गरेको बताए।

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका कर्णाली व्यूरो इन्चार्ज सितल बिष्टले दलाल सरकारका एजेण्ट भएर गाडीमा आएका प्रहरीलाई ढुंगामुढा गरिएको स्वीकार गरे । 

 





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार १४:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया