सत्ताच्युत भए संसारकै कान्छा राष्ट्रप्रमुख कर्ज

एजेन्सी– अष्ट्रियाको संसद्ले संसारकै कान्छा राष्ट्रप्रमुखका रूपमा परिचित चान्सलर सेबास्टियन कर्जलाई पदबाट हटाएको छ । कर्जविरुद्ध  अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरिएको हो।

प्रमुख प्रतिपक्षी दल सोसल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव स्वीकृत भएपछि उनी सत्ताबाट हट्न बध्य भएका हुन् । ३२ वर्षीय कर्ज सन् २०१७ डिसेम्बरमा अष्ट्रियाका चान्सलर बनेका थिए ।

उनी अस्ट्रियन पिपल्स पार्टीका अध्यक्षसमेत हुन् । सन् २०१७ मा कर्जको एउटा विवादित भिडिओ बाहिरिएपछि संसदमा उनीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको थियो । उक्त भिडिओमा कर्जले रसियाकी एक धनाढ्य महिलासँग अष्ट्रियाली अखबारको सेयर किन्न गरेका थिए । 

भिडिओ बाहिरिएपछि प्रमुख प्रतिपक्षीले कर्जविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरे । अष्ट्रिया संसदका कुल १८३ जना सदस्यमध्ये ५१ सिट भएको प्रमुख प्रतिपक्षी सोसयल डेमोक्र्याट्स (एसपिओ) र ५२ सांसद रहेको फार राइट फ्रिडम पार्टीले उनीको विपक्षमा मत हाले ।

कर्जको बहिर्गमनसँगै अष्ट्रियाली राष्ट्रपति अलेक्जेन्डर भान दे बेलेनले भाइस चान्सलर हार्टविग लोगरलाई अन्तरिम चान्सलर नियुक्त गरेका छन् । केहीअघि मात्र भाइस चान्सलर नियुक्त लोगरले नयाँ सरकार नबनुञ्जेल कार्यवमहक चान्सलरका रूपमा काम गर्नेछन् । अष्ट्रियामा आगामी सेप्टेम्बरमा चुनाव हुने सम्भावना छ ।

कर्ज २०११ मा पढाइ छाडेर पूर्णकालीन राजनीतिमा लागेका थिए । भियना विश्वविद्यालयमा कानुन पढेका उनी त्यसै वर्ष भियना सिटी काउन्सिलका सदस्य भएका थिए । लगत्तै उनी आन्तरिक मामिला मन्त्रालयको ‘स्टेट सेक्रेटरी फर इन्टिग्रेसन’ पदमा नियुक्त भएका थिए ।



सन् २०१३ को आमनिर्वाचनमा उनी सबैभन्दा बढी मत ल्याएर सांसद भएका थिए ।



  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार १५:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया