पहिलो र दोस्रो संविधान सभाका सभासद पदकसहित सम्मानित

काठमाडौं– पहिलाे र दाेस्राे संविधान सभाका सभासदहरु पदकसहित सम्मानित भएका छन् । शितल निवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राेलक्रम अनुसार संविधान निर्माणमा याेगदान पुर्याएकाे भन्दै ११०९ जना सभासदलाई सम्मान गरेकी हुन् । 

सम्मानित हुनेकाे सूचीमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्रीहरु लाेकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सुशील कोइरालाको नाम पनि रहेकाे छ ।

गणतन्त्र दिवसको अवसरमा सभासदलाई विभुषित गर्न लागिएकाे हाे । 





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार १२:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया