एजेन्सी– फेसबुकका अध्यक्ष मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्ष पदबाट हट्नु नपर्ने भएको छ । उनलाई हटाउने प्रयास फेसबुकको साधरणसभाबाट अस्वीकृत भएको छ ।
जुकरबर्ग फेसबुकको ६० प्रतिशत सेयरहोल्डर हुन् । उनी फेसबुकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्षसमेत हुन् । जुकरबर्गविरुद्धको अविश्वासको प्रस्तावमा बिहीवार मतदान भएको थियो ।
उनलाई हटाउन धेरै सेयरधनीले प्रयास गरे पनि मतदानले उनको पक्षमा फैसला दिएको छ । बिबिसीका अनुसार यदि जुकरबर्गले मतदानका क्रममा आफैँविरुद्ध मतदान गरेको भए उनी पराजित हुने थिए ।
उनीमाथि अध्यक्ष वा सञ्चालक समितिको प्रमुख दुवै पदमा रहेर फेसबुक सञ्चालनमा राम्ररी ध्यान दिन नसकेको आरोप थियो । जुकरबर्गले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।