विप्लव समूहका उपत्यका इन्चार्ज लामा फरार

काठमाडौं नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार भएका छन्। प्रहरीले लामाको खोजी तीव्र पारेको छ।

राजधानीमा बम विस्फोट भएर विप्लव समूहका ४ कार्यकर्ताको मृत्यु भएपछि इन्चार्ज लामा फरार भएका हुन् । 

लामासँग कनेक्सन रहेकाे देखिएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राजधानीबाट विप्लवका ४ कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुन रहेका छन्।

लामा राजधानीको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ निवासी हुन् । उनले पहिलो संविधानसभा चुनाव हारेका थिए।





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार ८:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया