मृत्युदण्ड दिइएको भनिएका उत्तरकोरियाली अधिकारी सर्वोच्च नेता किमसँगै देखिए

एजेन्सी– उत्तर कोरियामा ‘मृत्युदण्ड दिइएको’ भनिएका एक व्यक्ति एक सांगीतिक कार्यक्रममा उत्तरकोरियाली सर्वोच्च नेता किम जोन उनसँगै देखापरेका छन् । परराष्ट्र मामिलासम्बन्धी ती अधिकारी किम हायोक चोललाई कूटनीतिक मर्यादामा आँच पुर्याएको आरोपमा मृत्युदण्ड दिइएको भन्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले समाचार लेखेका थिए ।
 
तर, तिनै चोल एउटा सांगीतिक कार्यक्रममा सर्वोच्च नेता किम जोङ उनसँगै देखापरे । बिबिसीका अनुसार सो कार्यक्रमको उपस्थिति पुस्तिकामा चोलको नाम भएको पुष्टि भएको छ । 

उत्तरकोरियाली सञ्चारमाध्यमले तयार पारेको भिडियो फुटेजमा पनि नेता उन र चोल सँगै देखापरेको पुष्टि भएको छ । यसअघि दक्षिण कोरियाली सञ्चारमाध्यमले चोलसहित चार अधिकारीलाई उत्तरकोरियाले मृत्युदण्ड दिएको समाचार गलत भएको पुष्टि भएको छ ।

गत फेब्रुअरीमा भियतनामको हनोईमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि चोलसहित ५ जनालाई मृत्युदण्ड दिइएको समाचार दक्षिण कोरियाली सञ्चारमाध्यामले सार्वजनिक गरेका थिए ।





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १४:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया