प्रहरी चौकी आक्रमण प्रयास भएको छैन, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी : विप्लव प्रवक्ता

काठमाडौं– गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भन्दै सोमबार सञ्चामाध्यममा समाचार आए । तर, नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले भने सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको दाबी गरेको छ ।  

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको विषयको खण्डन गरेका छन् ।

‘हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्रअनुरुप ‘फेक न्युज’ सार्वजनिक गराइएको हो ।’
 
सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास भएको सार्वजनिक भएपछि प्रहरीले हेलिकोप्टरमार्फत त्यहाँ थप सुरक्षाका लागि विपद टोली पठाइसकेको छ । 





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १८:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया