मदिरा सेवन र धुमपान नगर्ने जनप्रतिनिधिहरुकाे घाेषणा

सर्लाही – लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्कासहित जनप्रतिनिधिले सोमबार दिउँसो नगरपालिकाकै सभालमा आयोजित एक कार्यक्रममा मादक पदार्थ सेवन र धूमपान नगर्ने घोषणा गरेका छन्।

‘मेरा पाँच प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता’ भन्ने नाराका सम्पूर्ण कार्यपालिका सदस्यले मदिरा सेवन एवं धूमपान नगर्ने प्रतिबद्धता जनाएको मेयर खड्काले बताए।

२७ जना कार्यपालिका सदस्यमध्ये कार्यक्रममा उपस्थित २५ जना जनप्रतिनिधिले ‘म रक्सी–चुरोट र सूर्तीजन्य पदार्थ खान्नँ, म नियमित व्यायाम गर्छु, म स्वच्छ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु,’ भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

मदिरा सेवनबाट परिवार अनि समाजमा ससाना झैझगडादेखि ठूला खालका आपराधिक घटनासमेत हुने गरेकाले यसलाई त्याग्न जरुरी रहेकाे मेयर खड्काकाे भनाइ छ । 





  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार ९:२०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया