Mon, 24 Jun, 2019


महारुद्र आयुर्वेदिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने
फरकधार / जेठ २१, २०७६

ललितपुर– ललितपुरको ग्वार्कोमा रहेको महारुद्र आयुर्वेदिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । 



अस्पतालले यही जेठ २५ गतेका दिन निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

स्वास्थ्य शिविरबाट स्वास्थ्य लाभ लिन चाहने व्यक्तिले सोही दिनको ८ बजेदेखि ३ बजेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ । 

सो दिनको बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बिरामी जाँच गरिने अस्पतालका अध्यक्ष गोपाल दाहालले जानकारी दिएका छन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्