पेट्राेलकाे मूल्य घट्याे

काठमाडाैं– नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ समायोजन गरेको हाे ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ।

यसअघि निगमले सरकारले बजेटमा सडक मर्मतका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटिर थप १ रुपैयाँ लिने घोषणा गरेपछि रातारात मूल्य वृद्धि गरेको थियो। 

निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनकाे मूल्य भने यथावत राखेका छ।





  • प्रकाशित मिति : जेठ २२, २०७६ बुधबार २०:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया