६५ वर्षमै वृद्धभत्ता दिइयोस् : कांग्रेस सांसद

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद्हरूले ६५ वर्ष उमेर पूरा भएकाहरूलाई वृद्धभत्ता दिन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका हुन् ।  

शून्य समयमा बोल्दै यादवले वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउनुपर्ने बताइन् । उनले भनिन्,'यो ७० वर्षको उमेरलाई ६५ वर्ष मनाउनु पर्छ। पूर्ववर्ती सरकारले घोषणा गरेको ४ रोगको गम्भीर विरामीलाई ५ हजार दिने घोषाणा गर्नुभएको थियो । त्यो घोषणालाई लागू गर्नुपर्ने जोडदार माग गर्दछ ।’  

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्षमा झार्ने निर्णय गरेको थियो ।

त्यसैगरी काँग्रेसका अर्का सांसद्  तथा पार्टी का प्रमुख सचेतक खाँडले पनि वृद्धभत्ताकै विषयमा बोले । उनले भने, ‘नेपालका ५२ जिल्लाका मानिसहरुको औसत उमेर नै ६५ वर्षभन्दा तल छ । त्यसकारण ७० वर्षलाई ६५ गराइयोस् भन्ने हाम्रो माग हो । हिजोको पूर्ववर्ती सरकारले यो निर्णय गरिसकेको थियो । अहिलेको सरकारले यसलाई किन फिर्ता लिने ?' 

कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो । 

 





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १२:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया