डा. शेखरको आग्रह : पार्टी छाडेर गएका साथीहरु कांग्रेसमा फर्कनोस्, कसैलाई अन्याय हुन दिन्न

काठमाडौं– कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस छाडेर अन्य पार्टीमा गएकाहरूलाई पुनः कांग्रेसमै फर्किन आग्रह गरेका छन् । पार्टीको जागरण कार्यक्रम अन्तर्गत काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै डा. कोइरालाले नेताका नाममा जिल्ला–जिल्लामा गुट नचलाउन पनि कार्यकर्तालाई आग्रह गरे । 

‘अहिले पार्टी र लोकतन्त्रमाथि चारैतर्फबाट प्रहार भइरहेको छ,’ कम्युनिस्टहरुले देश कब्जा गर्न लागिसकेको बताउँदै उनले भने, ‘विगतमा हामीबाट गल्ती र कमजोरी भयो, तपाईंहरुको सही मूल्यांकन हुन सकेन। प्रजातन्त्रका लागि लड्नुभएका साथीहरू सबै कुरा बिर्सेर कांग्रेसमा फर्कनोस् ।’

अब पार्टीभित्र मूल्यांकनको परिपाटी बस्ने विश्वास दिलाउँदै उनले आउँदो निर्वाचनपछि पार्टीभित्र कसैलाई अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 

कांग्रेस काभ्रेका सभापति मधु आचार्यको सभापतित्वमा सञ्चालित प्रशिक्षण कार्यक्रममा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले प्रशिक्षण दिएका थिए । 





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १४:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया