कैलाली र कञ्चनपुरमा उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको आग्रह

काठमाडौं– बिहीबार कैलाली र कञ्चनपुरमा आएको हावाहुरी प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न नेपाली कांग्रेसले पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।

मानवीय उद्धार र राहतका लागि कांग्रेसले राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमअन्तर्गत जेठ २५ गतेको कार्यक्रम स्थगित गरेको छ । सो दिन सबै जिल्लामा र्यालीसहित आमसभा गरेर समापन गर्ने पूर्वनिधारित कार्यक्रम थियो ।  

तर, बिहीबार साँझ आएको हावाहुरीले पुर्याएको मानवीय एवं भौतिक क्षतिप्रतिको संवेदनशीलतालाई आत्मसात् गरी कैलाली र कञ्चनपुरमा राहत र उद्धारको कार्यमा जुट्ने गर्ने निर्णय गरेको कांग्रसले विज्ञप्तिमार्फत जनाएको छ । 

यसका लागि जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि र पार्टीका सबैलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न कांग्रेसले आग्रह गरेको छ ।

घाइते भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १८:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया