चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

तनहुँ– भानु नगरपालिकामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । भानु नगरपालिका–२ भकुण्डोथोककी नौ वर्षीया पुष्पा अधिकारीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शुक्रबार राति आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको थियो । चितुवाले बालिकालाई आक्रमण गरी घरबाट लगेको र उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा फेलापरेको थियो । प्रहरीका अनुसार बालिकाको घाँटीमा चितुवाले चिथोरेको डाम छ भने शरीरका अन्य भागमा कुनै क्षति छैन । 

चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र एक बालिकाको मृत्यु भइसकेको छ । मृत्यु भएकाको परिवारलाई  सरकारले यसअघि नै राहतबापत १० लाख प्रदान गरिसकेको छ ।

गत माघ महिनामा भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा दुईवटा चितुवा मृत अवस्थामा फेला परे पनि पुनः चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १६:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया