जंगली च्याउ खाँदा पाल्पामा दिदीबहिनीकाे मृत्यु, ८ जना बिरामी

पाल्पा–  जिल्लाको निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई दिदीबहिनीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् ।

अरु आठ जना बिरामी परेका छन् । शुक्रबार साँझ तरकारीकाे रुपमा च्याउ खाएपछि शनिबार अपराह्नबाट उनीहरु बिरामी पर्न थालेका हुन् । बिरामीकाे नवपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेकाे पाल्पाका प्रहरी प्रमुख विश्वमणी पाेख्रेलले जानकारी दिए । 

बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेका छन् । 

वान्ता हुने, अत्तालिने र बेहोस हुने गरेपछि उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १३:११:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया