Sun, 15 Sep, 2019


नवलपरासीमा हावाहुरी, चट्याङले ४५ बाख्रा मरे
फरकधार / जेठ २७, २०७६

नवलपरासी – आइतबार साँझ आएकाे हावाहुरीले नवलपरासीकाे पूर्वी पहाडी क्षेत्रमा क्षती पुर्याएकाे छ ।  पूर्वीनवलपरासीको विकट पहाडी गाउँपालिका बुलिगंटार–४, अर्खलाको चुलीबोझामा हावाहुरीले क्षति पुर्‍याएको हाे । 



हावाहुरीसँगै आएकाे पानीले ४० घरमा क्षती पुर्याएकाे छ भने मकै बालीमा पनि नष्ट गरेकाे स्थानीयले जानकारी दिएका छन् । वर्षाका कारण विभिन्न स्थानमा पहिराे जाँदा सडक अवरुद्ध भएकाे छ । 

यस्तै आइतबार साँझ परेकाे चट्याङले चुलीबोझामा ४५ बाख्रा मरेका छन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्