कांग्रेससँग डराएर एमाले र माओवादीले नेकपा बनाए

अछाम– नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले कम्युनिस्टहरू कांग्रेससँग डराएको आरोप लगाएका छन् । दुई पार्टीबीचको एकता त्यसैको उपज भएको थापाले बताए ।

जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्यसमेत रहेका नेता थापाले कांग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको उल्लेख गरे ।

कांग्रेस जनताको पार्टी भएकाले अब जनताले कांग्रेसलाई नै साथ दिने भन्दै नेता थापाले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गरे ।

दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको आरोप लगाउँदै उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको दाबी गरे ।





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १४:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया