संविधानले दिएको जिम्मेवारीप्रति सरकार सचेत छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरेका छन् । 

संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्र रुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताए । 

लामो बलिदानपूर्ण संघर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाइ सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताए । उनले भने, ‘जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक छ ।’ गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्विट्जरल्यान्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्विट्जरल्यान्डमा रहेका नेपालीसँग अन्तर्क्रिया गरेका थिए ।





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १५:५०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया