युरो २०२० छनोटः जर्मनीको लगातार तेस्रो जित, स्टोनियामाथि वर्षायो ८ गोल

काठमाडौं– युरो २०२० फुटबल (युरोकप) छनोट खेलमा जर्मनीले स्टोनियालाई ८–० ले हराएको छ ।

स्टोनियामाथि गोलवर्षा गर्दै पछिल्लो समय खराब लयबाट गुज्रिरहेको ४ पटकको विश्वविजेता, ३ पटकको युरोपियन च्याम्पियन जर्मनीले अर्काे वर्ष हुने युरो २०२० मा पुरानै लय पक्रने संकेत देखाएको छ । जारी छनोटमा जर्मनीको यो लगातार तेस्रो जित हो ।  

गएरातिको खेलमा जर्मनीका लागि मार्को रिउस र सर्ज गनाब्रीले २–२ गोल गरे । त्यस्तै, टिमो वर्नर, लिरो साने, लियोन गोरोत्जका र इल्के गुन्डोगोनले समान १ गोल गरे ।

पहिलो हाफमै ५ गोल गरेको जर्मनीले दोस्रो हाफमा ३ गोल थप्यो । स्टोनियाले एक गोल पनि फर्काउन सकेन । 

समूह सी मा जर्मनी दोस्रो स्थानमा छ । तेस्रो जितसँगै उसको ९ अंक भएको छ । उता, शीर्ष स्थानको उत्तरी आयरल्यान्डले चौँथो खेल जित्दै १२ अंक बनाएको छ । लगातार चौथो जित निकाल्ने क्रममा उसले बेलारुसलाई १–० गोलअन्तरले हरायो ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार ९:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया