एक लाख घुससहित गाउँपालिकाका इन्जिनियर रंगेहात पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित गाउँपालिकाका एक इन्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । आयोगको इटहरीस्थित कार्यालयको टोलीले सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठलाई बिहीबार बिहान पक्रेको हो ।

निर्माण सम्पन्न भइसकेको झोलुंगे पुलको बिल भुक्तानीका लागि एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको आयोगको इटहरी कार्यालयले जनाएको छ । 

उक्त टोलीले झोलुंगे पुल निर्माणको बिल भुक्तानीका विषयमा एक लाख घुससहित गाउँपालिकाका इन्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । कुन ठाउँको झोलुंगे पुल भन्नेबारे भने खुलाइएको छैन ।
 





  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १५:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया