अब कुकुरले पत्ता लगाउँछन् मलेरियाका बिरामी

एजेन्सी– ब्रिटेन र गाम्बियाका वैज्ञानिकहरुले कुकुरबाट मलेरिया पत्ता लगाउन सक्ने तथ्य खोजी गरेको बताएका छन् । 

वैज्ञानिकहरुका अनुसार कुकुरले मलेरिया संक्रमित व्यक्तिको कपडा सुँघेर मलेरिया पत्ता लगाउनलाई ट्रेनिङ गरिरहेका छन् । 

ब्रिटेनको डरहम युनिभर्सिटीमा केही कुकुरलाई मलेरिया डिटेक्ट गर्ने ट्रेनिङ दिइएको छ । जनावारको सहयोगबाट मलेरियाको बिरामीको उपचार गर्ने र मलेरिया नियन्त्रण गर्न सकिने विश्वास अनुसन्धानकर्ताहरुसँग रहेको छ । 

यो अनुसन्धान अहिले सुरुवातीको चरणमा रहेको छ । मलेरिया भएको व्यक्तिको शरिरको गन्ध केही फरक हुन्छ, जसलाई कुकुरको माध्यमबाट पत्ता लगाउन सकिने अध्ययनले बताउँछ । 

पश्चिमी अफ्रिकी देश गाम्बियाको एक इलाकामा बालबालिकालाई रातभर मोजा लगाएर राखिएको थियो । उक्त मोजा ब्रिटेनको मिल्टन किन्ज सहरको मेडिकल डिटेक्शन डग्स च्यारिटीमा परिक्षण गर्दा १७५ मध्ये ३० बच्चाको मोजामा परजीविको संक्रमण भेटिएको थियो । 

कुकुरले यो भन्दा पहिला नै पार्किन्सस र क्यान्सर रोगको बिरामी पत्ता लगाउन प्रशिक्षित गरिसकेको छ । 



अमेरिकी सोसाइटी अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनको वार्षिक सम्मेलनमा कुकुरले मलेरियाको पनि पहिचान गर्न सक्ने नतिजा प्रस्तुत गरिएको थियो । जसमा १० जनामा ७ संक्रमित मलेरियाका भएको पत्ता लागेको थियो । 

१० स्वस्थ बच्चामा एकलाई मलेरियाको संक्रमण हुन सक्ने अनुमान यो परिणामले गलत साबित गरेको छ । 



यो अनुसन्धानको नेतृत्व गर्ने डरहम विश्वविद्यालयका प्रोफेसर स्टिभ लिन्ड्सले बताएअनुसार नियमित रुपमा परिक्षण गर्नका लागि कुकुरहरु अझै पूर्णरुपमा तयार भइसकेका छैनन् । 

अनुसन्धानकर्ताले कुकुरलाई प्रशिक्षित गर्न र मोजाको ठाउँमा मानिसलाई परिक्षण गर्न आवश्यक छ । लन्डन स्कुल अफ हाइजिन र ट्रपिकल मेडिसिन डाक्टर

सेल्सी स्क्वायर्सले कुकुरसँग सुँघ्न सक्ने क्षमता प्राकृतिक भएका कारण कुकुरले डायग्नोष्टिक टेस्टले भन्दा पनि बढी काम गर्न सक्ने बताउँछन् । उक्त टेस्टले करीब २० मिनेट समय लगाएर काम गर्छ र टेस्ट गर्न प्रशिक्षित वा अनुभवी मानिस र नयाँ नयाँ उपकरणको आवश्यकता पर्छ । 
 

  • प्रकाशित मिति : असार १, २०७६ आइतबार ०:३४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया