सांसद् शान्ता चौधरीको प्रश्न– गुठीयारहरूको नाममा बोलिन्छ तर गरिब किसानहरूका नाममा बोल्ने कि नबोल्ने ?

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि सांसद् शान्ता चौधरीले प्रस्तावित गुठी विधेयको बचाउ गरेकी छिन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै विधेयक संविधान विपरित नभएको भन्दै बचाउ गरेकी हुन् । 

सांसद् चौधरीले प्रस्तावित गुठी विधेयक मौलिक धर्म संस्कृति पूजाआजा जात्राविरुद्ध नरहेको बताइन् । ‘प्रचार किन नकारात्क ढंगले आएको छ ? विधेयक संविधान विपरित भनिएको छ । संविधान विपरित कुनै हालतमा छैन', उनले भनिन् । 

उनले गुठी विधेयकको विषय नयाँ नभएको बताइन् । २०४१ सालदेखि २०६४ सालसम्मको अवधिमा पटक–पटक संशोधन भएको बताउँदै गुठी विधेयक २०४९ सालमा कृष्णपसाद भट्टराई र २०५८ सालमा शेरबहादुर देउवा नेतृत्व सरकारमा संशोधन गरिएपनि संसद् विघटन भएका कारण पास हुन नसकेको स्मरण गराइन् । प्रतिपक्षले विगतमा फर्केर हेर्नुपर्ने उनको भनाई छ । 

गुठीको विषय काठमाडौँ उपत्यकाभित्रको गुठीको समस्या र काठमाडौं बाहिरको समस्या एउटै प्रकृतिको नभएको उनले जिकिर गरिन । उनले भनिन्, ‘गुठीको विषय काठमाडौँ उपत्यकाभित्रको गुठीको समस्या र काठमाडौं बाहिरको समस्या एउटै प्रकृतिको  छैनन् । छुट्टाछुट्टै प्रकृतिका समस्याहरू छन् । यस प्रकृतिलाई बुझेर विधेयकले सम्बोधन गर्ने कोसिस गरेको छ । 

उनले स्वर्गद्वारी गुठीको प्रसङ्ग निकाल्दै उक्त गुठीको १२ सय विघा जमिन १६ सय घरधुरी परिवारले अहिले जोतभोग गरिरहेको बताइन् । उनले भनिन्, स्वर्गद्वारी गुठीको १२ सय विघा जमिन १६ सय घरधुरी परिवारले अहिले जोतभोग गरिरहनु भएको छ । स्वर्गद्वारी मन्दिरलाई संरक्षण गर्ने, स्वर्गद्वारी गुठीलाई बचाउने किसानहरूको अवस्था नाजुक छ । हामीले त्यतातिर ध्यान दिएका छैनौं ।’ 

मन्दिरको संरक्षण गर्ने किसानहरू विषयमा बोल्ने कि नबोल्दै भन्दै गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरूलाई प्रश्न गरिन् । उनले भनिन्, ‘एउटा मन्दिरको नाममा बोलिन्छ । एउटा मूर्तिको नाममा बोलिन्छ । गुठीयारहरूको नाममा बोलिन्छ । तर ती गरिब किसानहरूका नाममा बोल्ने कि नबोल्ने ? ’ 



त्यस्तै सांसद् चौधरीले गरिबका लागि बोल्न हुँदैन भने गणतन्त्र किन चाहियो भन्दै प्रश्न गरिन् । 



  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १२:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया