प्रदेश १ को बजेटः ४२ अर्ब २० करोड

विराटनगर– प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेश सभामा यो बजेट पेश गरेका हुन् । 

प्रदेशले चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरेको छ । त्यस्तै, अन्तरसरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्ट्याइएको छ । 

आन्तरिक राजश्वबाट ३ अर्ब ८६ करोड उठाउने लक्ष्य प्रदेशले लिएको छ । त्यस्तै, अनुदानबाट २१ अर्ब २१ करोड र यो वर्षको बाँकी बजेटबाट ६ अर्ब ६१ करोड स्रोतका रुपमा लिइएको छ । राजश्व बाँडफाँटबाट १० अर्ब ५२ करोड आउने लक्ष्य पनि प्रदेशले लिएको छ ।  
 





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १८:१५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया