बझाङ– बझाङमा जिप दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ ।
बझाङका डिएसपी सूर्यबहादुर केसीका अनुसार से१ज १०७२ नम्बरको जिप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको हो ।
बझाङको सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मस्टा गाउँपालिका जाँदै गरेको जिप कोटदेवल भन्ने ठाउँमा दुर्घटना भएको हो ।
उद्धारको काम भइरहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । मृतकहरुको पहिचान खुलिसकेको छैन ।
डिएसपी सुवेदीका अनुसार जिप अफ्ठ्यारो ठाउँमा खसेका कारण उद्धारमा कठिनाइ भएको छ ।
दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।