इटहरीका मेयर द्वारिकलालको नयाँ भाषणः महिलामाथि सुन्नै नसकिने  जथाभावी शब्द !

काठमाडौं– केही समयअघि पत्रकारमाथि जथाभावी बोलेर चर्चामा आएका द्वारिकलाल चौधरीको नयाँ भाषणको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मेयर चौधरीले जथाभावी बोलेका छन् । 

पत्रकारविरुद्ध जथाभावी बोलेर ‘लाइमलाइट’मा आएका मेयर चौधरीले पछि एउटा विज्ञप्ति निकाले । त्यसपछि त्यो घटना सामसुम भयो ।

तर, उनले बुधबार इटहरीको लबिपुरमा पुगेर जे बोलेका छन्, त्यो सुन्न सायदै सकिन्छ । मेयर चौधरीले लबिपुरभन्दा थोरै पूर्वपट्टीमा वेश्यावृत्ति बढ्दो रहेको विषय निकाल्दै अपाच्य, अशोभनीय शब्दहरु प्रयोग गरेका हुन् । 

इटहरीबाट नै सन्चालित पुर्वेली न्युज डटकमको युट्युब च्यानलमा मेयर चौधरीको ‘भाषण’ राखिएको छ । फेसबुकमा उनले बोलेको शैली सुनेर उनलाई तत्काल मेयरबाट अपदस्थ गरिनु पर्ने आवाज उठेको छ ।

स्थानीय एक पत्रकारले आफूलाई उद्धृत नगर्न अनुरोध गर्दै भने, ‘त्यो कार्यक्रममा महिलाहरु पनि सहभागी थिए । सबैले मेयर चौधरीले बोलेको कुरालाई लिएर ठूलो आपत्ति जनाए ।’

लबिपुरको त्यो ठाउँमा होटल रेष्टुरेन्टहरुमा वेश्यावृत्ति बढेको गुनासो र यसलाई कसरी न्युनिकरण गर्न सकिएला भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पुगेका मेयर चौधरीले आफूलाई हतार भएको भन्दै बीचमै बोल्न थाले । 



‘त्यसपछि उहाँले ननस्टप त्यस्ता शब्दहरु प्रयोग गर्नुभयो,’ ती पत्रकारले भने, ‘त्यहाँ उपस्थित सबैजना अचम्ममा परे ।’ मेयरको भाषणा सकिएपछि उनको शैलीको आलोचना पनि भयो । 

तर, मेयर ‘मलाई हतार छ,’ भन्दै त्यहाँबाट हिँडिसकेका थिए । 



पुर्वेली टिभीले आफ्नो युट्युबमा राखेको यो भिडियोः
 

  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार २०:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया