अमेरिकाको ड्रोन विमान‍ खसालेको इरानी सेनाकाे दाबी

एजेन्सी– इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प’ नामक संगठनले अमेरिकाको एक ड्रोन विमान‍लाई खसालेको अलजजिराले जनाएको छ । विनाअनुमति अमेरिकी ड्रोन इरानी आकाशमा प्रवेश गरेकोले त्यसमाथि प्रहार गरेको गार्ड कर्पको दाबी छ । 

इरानी विदेश मन्त्रालयले अमेरिकाको उक्त कदमको विरोध गर्दै यसको परिणाम नकारात्मक हुन सक्नेतर्फ सचेत गराएको छ । इरानले पहिलोपटक अमेरिकी आक्रमणबारे आधिकारिक धारणा व्यक्त गरेको हो । 

अमेरिकी सेनाले भने इरानको क्षेत्रमा ड्रोन नगएको दाबी गरेको छ । ड्रोन इरानी आकाशमा नभई अन्तर्राष्ट्रिय आकाशमा उडिरहेको बताएको छ । 

इरानले मध्यपूर्वमा इन्धन बोकेको दुईवटा ट्यांकरमाथि आक्रमण गरेको अमेरिकी दाबी छ । इरानले भने अमेरिकी दाबी निराधार रहेको बताउँदै आएको छ ।

अमेरिकाले केही साताअघि मध्यपूर्वमा ठूलो संख्यामा युद्धपोत र मिसाइलहरु तैनाथ गरेको बताएको थियो । मंगलबार उसले मध्यपूर्वमा सुरक्षा खतरा बढेको भन्दै त्यस क्षेत्रमा थप एक हजार सेना तैनाथ गर्ने घोषणा गरेको छ ।  
 
अमेरिकाले इरानी सेनाको एक समूह ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्पु लाई’ आतंकवादी संगठन घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको छ ।





  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार १७:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया