किन समय–मुक्त हुन चाहन्छ नर्वेको सोमारोय द्वीप ?

नर्वे– नर्वेको सोमारोय द्वीपका ३०० बासिन्दाले आफ्नो द्वीपलाई समयको सीमाबाट मुक्त गर्न अभियान चलाएका छन् । अभियानअन्तर्गत उनीहरुले सोमारोय द्वीपलाई दुनियाँको पहिलो ‘टाइम फ्री जोन’ घोषणा गर्न मागपत्रसमेत दर्ता गरेका छन् । 

अभियानको नेतृत्व गर्ने केलेज ओब हेविङका अनुसार यो अभियानको उद्देश्य द्वीपका बासिन्दालाई कामको पारम्परिक घन्टाबाट मुक्त गर्नु हो, ता कि यहाँका मानिस जतिखेर जे चाह्यो, त्यही काम गर्न सकून् । 

सोमारोय द्वीपमा गर्मीमा ६९ दिनसम्म सूर्य अस्ताउँदैन, र जाडोमा ९० दिनसम्म घामको मुखै देखिन्न । यस्तोमा दिन–रात र प्रहर छुट्याउने समयको लेखाजोखा राख्नुको कुनै औचित्य नहुने केलेजको भनाइ छ । 

यतिखेर दुनियाँभर यसको चर्चा भइरहेको छ । स्थानीय सांसद केन्ट गुडमन्ड्सम्यानले यस मागपत्रलाई अघि बढाउने फैसला लिएका छन् । आफूलाई दुई छिमेकी सहर फिनमार्क र नर्डल्यान्डको पनि समर्थन मिल्ने केन्टको दाबी छ । यसअघि, युरोपियन युनियनले पनि सन् २०२१ सम्ममा डेलाइट सेभिङ टाइम (वर्षमा दुईपटक घडीमा समय परिवर्तन गर्ने प्रक्रिया) अन्त्य गर्ने बताइसकेको छ । 

युरोपका विभिन्न सहरका पुलमा ताला (लभ लक) झुन्डिएका देखिन्छन् । तर, यो द्वीपमा भने पुलमा ताला नभई घडी झुन्डिएका भेटिन्छन् ।



हेविङका अनुसार महिनौँसम्म लगातार दिन या रात रहनाले यहाँ दिन–रातको अर्थ नै रहन्न । त्यसैले घन्टा, मिनेटको गणना नै आवश्यक छैन । यसले केवल तनाव सिर्जना गर्छ । तसर्थ, मानिस समयको जन्जालमा नफसून् र जिन्दगी खुलेर जिऊन् भनेर यो अभियान थालिएको हो । 



  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार २१:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया