जिल्ला इन्चार्ज पौडेलको हत्याको विरोधमा ‘विप्लव’ नेकपाले घोषणा गर्यो चारदिने आन्दोलन

काठमाडौं– सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चारदिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले चारदिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

विज्ञप्तिमा सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा आफ्ना निशस्त्र कार्यकर्तामाथिको हत्याशृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको जनाइएको छ । असार ५ गते भएको पौडेल हत्याकाण्डको छानविनको माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । 

आन्दोलनका कार्यक्रममा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । 





  • प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार १५:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया